२९ असोज २०८१, मङ्लबार
२९ असोज २०८१, मङ्लबार

कर्मचारीको इन्धन र मोबाइल खर्च कटौती

बुटवल ।
बुटवल उपमहानगरपालिकाले मितव्ययिता अपनाउनका लागि कर्मचारीहरूलाई उपलब्ध गराउँदै आएको इन्धन र मोबाइल खर्च कटौती गर्ने निर्णय गरेको छ । आइतबार बसेको उपमहानगरको कार्यपालिका बैठकले कर्मचारीहरूलाई दिँइदै आएको इन्धन र मोबाईल खर्च कटौती गर्ने निर्णय गरेको हो ।
बैठकले वार्षिक कार्यसञ्चालन तालिका स्वीकृत गर्नुका साथै उक्त निर्णय गरेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले जानकारी दिए ।

स्वीकृत तालिकाअनुसार साउनदेखि कात्तिकसम्म योजनाहरूको लगत स्टिमेट गर्ने, उपभोक्ता समिति गठन गर्ने र मंसिरमा सम्झौता गरेर जेठसम्म योजना सम्पन्न गर्नुपर्नेछ ।

क्रमागत योजनाहरू मंसिरसम्म सम्पन्न गर्ने र जेठभित्र योजनाहरूको सुपरिवेक्षण, अनुगमन र फरफारक गरिसक्नुपर्ने गरी तालिका स्वीकृत गरिएको प्रवक्ता रानाले जानकारी दिए ।

नगरक्षेत्रभित्रका अव्यवस्थित बसोबासको जग्गा ब्लक छुट्याउने काम सम्पन्न भएका जग्गाको नाप नक्शांकन प्रक्रिया अघि बढाउने निर्णय बैठकले गरेको छ ।

बैठकले बुटवल १५ कर्साघाटमा निर्माण हुने आधुनिक प्रविधियुक्त कृषिउपज थोक बजारसम्बन्धी आयोजना प्राथमिकता प्राप्त आयोजनाका रूपमा अघि बढाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार