३१ असार २०८१, सोमवार
३१ असार २०८१, सोमवार

पूर्वमेयरसहित एमाले पाल्पाका १७ नेता नेकपा एसमा

५ भदौ, पाल्पा । पाल्पामा पूर्वमेयर र उपमेयरसहित नेकपा एमालेका १७ जना नेता नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

तानसेन नगरपालिकाका पूर्वमेयर अशोककुमार शाही र पूर्वउपमेयर लक्ष्मीदेवी पाठक लगायतले आइतबार संयुक्त विज्ञप्ति निकाल्दै एमालेमा व्यक्तिवाद, नातावाद र कृपावादलाई प्रश्रय दिने काम भएकाले पार्टी छाडेको उल्लेख गरेका छन् ।
एमाले छाड्नेहरुमा नेताहरू भीमबहादुर कुमाल, रामप्रसाद घिमिरे, शिव थापा, बिनिता लुइँटेल, सुजेन्द्र कार्की, बुद्दे सार्की, कृष्णबहादुर केसी, लक्ष्मण कार्की, मधु कार्की, बिनोद लुइँटेल, कृष्णकुमारी केसी, माधवप्रसाद पाठक, केशवप्रसाद घिमिरे, कृष्णप्रसाद पाठक र उमेश घिमिरे छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार