गुल्मी ।
नेकपा एकीकृत समाजवादी पार्टीकी नेत्री एवम् प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीले गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गरेकि छिन ।
झाँक्रीले आफ्नो फेसबुकमार्फत गुल्मी जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिने बताएकि हुन । उनले ‘गुल्मी क्षेत्र नम्बर २ मा एमालेको विरासत तोडेर देखाउने उल्लेख गरेकि छिन् ।
गुल्मी क्षेत्र नम्बर २ मा एमालेका सचिव गोकर्ण विष्टको उम्मेदवारी दिने चर्चा चलिरहेका बेला झाक्रिले एसका तर्फबाट उमेद्धवारि घोषणा गरेकि हुन् ।