१३ फाल्गुन २०८०, आइतवार
१३ फाल्गुन २०८०, आइतवार

रुपन्देहीमा गोली प्रहार गरेर फरार रहेका २ जना पक्राउ

८ भदौ, बुटवल । प्रहरीले गत साउन २९ गते रुपन्देहीको रोहिणी गाउँपालिकामा स्थानीय विकास गुरुङमाथि गोली प्रहार गरेर फरार रहेका २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देही जिल्ला मायादेवी गाउँपालिका वडा नम्बर ७ महुवारी बस्ने ३२ वर्षीय पवनराज भर र सिद्धार्थनगर नगरपालिका वडा ४ दोगहरा बस्ने २१ वर्षीय मोहम्मद अरसद मुसलमान (काजु) रहेका प्रहरिले बताएको छ ।
मुख्य शूटर कृष्ण भुज भने पक्राउ परेका छैनन् । उनीहरुको साथबाट प्रहरीले मेडईन युएसए लेखेको अटोमेटिक पेस्तोल र चोरी भएको मोबाइल फोनसमेत बरामद भएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी श्याम अर्यालले बताए ।

३ जनाको समूहले रेष्टुरेण्टमा पसेर हतियार देखाई नगद, सुनका गरगहना र मोबाइलसमेत लुटपाट गरी भाग्ने व्यक्तिलाई पिछा गर्दै गएका २८ वर्षीय विकास गुरुङ्गमाथि उनीहरुले गोली प्रहार गरेका थिए ।
एकै मोटरसाईकलमा सवार ३ जनामध्ये बिचमा बसेका कृष्ण भुजले गुरुङ्गमाथि गोली प्रहार गरेको अनुसन्धानबाट खुलेको डीएसपी अर्यालले बताए । अहिले गुरूङको अवस्था सामान्‍य रहेको छ । पक्राउ परेकालाई चोरी डकैती, ज्यान मार्ने उद्योग, हातहतियार खरखजाना मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार