२५ असोज २०८१, शुक्रबार
२५ असोज २०८१, शुक्रबार

सिद्धेश्वर बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा तिजगित प्रतियोगिता सम्पन्न

माधव बेल्वासे, भाद्र ९
हिन्दु नारिहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा गाँउ तथा शहरहरु संगितमय हुन थालेका छन् । कतै प्रतियोगिता तथा कतै सास्कृतिक कार्यक्रमहरुको रौनक चलिरहेको छ
यसैविच अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गमा रहेको श्री सिद्धेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा तिजगित प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा प्रगतिशिल स्वास्थ्य आमा समुह प्रथम, लालिगुरास कृषि समुह द्धितिय, संगित सर्गम मगर महिला समुह तृतिय र कालिका आमा समुह शान्तव्ना भएका छन् । प्रथम, द्धितिय, तृतिय र शान्तव्नालाई क्रमश नगदः रु ५५००, ३३००, २२००, ११०० नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

कार्यक्रममा पाणिनी गाँउपालिका वडा न.६ धातिवाङ्गका वडा अध्यक्ष कृष्णप्रसाद पौडेल रहनुभएको थियो । कार्यक्रममा पाणिनी गाउँपालिका कार्यपालिका सदस्य तारा पौडेल, पाणिनी गाउँपालिका कृषि शाखा प्रमुख मेगराज पौडेल, अमर आधारभुत विद्यालयका प्र.अ. हिमलाल पौडेल, स्वास्थ्य चौकी इन्चार्ज मित्रदेव पौडेलले शुभकामना मन्तब्य राख्नुभएको हो । कार्यक्रममा निर्णायक मण्डलको संयोजकमा सहयोगि वि.सी. सदस्यहरु प्रेमनारायण आचार्य, दुर्गा पौडेलले भुमिका निर्वाह गर्नुभएको थियो । सहकारीका अध्यक्ष घनश्याम पौडेलको अध्यक्षता, उपाध्यक्ष थानिश्वर पौडेलको स्वागत र सचिव पुष्कर पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सथानिय कलाकारहरुका प्रस्तुति समेत राखिएको थियो । कार्यक्रममा पत्रकार स्थानिय बुद्धिजिवि तथा महिलाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार