२७ असोज २०८१, आइतवार
२७ असोज २०८१, आइतवार

पाणिनि गाँउपालिकाको दुर्गाफाँटमा वृहत तिजगीत प्रतियोगिता हुने

डिआरजी सुमन
दुर्गाफाँट,अर्घाखाँची । विहिवार ०९ भाद्र २०७९
नेपाली नारिहरुको महान चाड हरितालिका तिजको अबसर पारेर पाणिनी गाँउपालिकाको दुर्गाफाँटमा खुल्ला तिज गित प्रतियोगिता हुने जानकारी आयोजकले पत्रकार सम्मेलन मार्फ़त गराएको छ ।

पाणिनिमा पर्यटन परिवर्द्धन तथा कला संस्कृति विकासको लागी विगत केही वर्षयता क्रियाशील संस्था पाणिनी पर्यटन समाज र ओम इन्टर्टेण्टमेण्ट प्रा.लि.को आयोजनामा भोली भाद्र १० गते पाणिनि गाँउपालिकाको केन्द्र दुर्गाफाटको वरकारुखमा खुल्ला तिजगित प्रतियोगिता हुने गरी तयारी पुरा भएको पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

पाणिनी गाउँपालिकाको आयोजना र पर्यटन समाजको संयोजनमा गरीने भनिएको कार्यक्रममा अन्तिम समयमा आएर गाउँपालिका आयोजकबाट हटेपछि तयारीमा रहेका प्रतियोगि र पर्यटन समाजलाई समस्या परेको मात्र होईन कार्यक्रम स्थगित गर्ने अवस्था समेत देखिएको अवस्थामा पाणिनि पर्यटन समाजका अध्यक्ष झविन सुनाम र ओम इन्टर्टेण्टमेण्ट प्रा.लि. महासचिव वसन्त के.सी.को मध्यरातमा सम्पन्न छलफलले पूर्वनिर्धारित समयमा जसरी पनि कार्यक्रम गर्ने गरी सोही मितिमा पाणिनी पर्यटन समाज र ओम इन्टर्टेण्टमेण्ट प्रा.लि. आयोजक बनेर कार्यक्रम कार्यक्रम हुने भएको हो ।

नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा आयोजना गरिएको उत्त कार्यक्रममा “महिला अधिकार र उत्थान”, “तीज पर्वको संस्कृति र महत्व”, “समृद्ध पाणिनी निर्माणको अभियान” र “महिला हिंसा विरुद्धको अभियान” बिषयलाई आधार वनाएर सहभागिता जनाउन प्रतियोगिलाई आग्रह गरीएको पाणिनी पर्यटन समाजका अध्यक्ष झबिन सुनामले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन ।

पाणिनि गाँउपालिका सभाहलमा सम्पन्न पत्रकार सम्मेलनमा पाणिनि पर्यटन समाजका अध्यक्ष झविन सुनाम,ओम इन्टर्टेण्टमेण्ट प्रा.लि.का महासचिव वसन्त के.सी.,पाणिनि पर्यटन समाजका सदस्य पुस्कर घिमिरे,सागर घिमिरे,दीपक जीसी,पम्फा वि.क.,खुम सूर्यवंशी,राम भट्टराई, ओम इन्टर्टेण्टमेण्ट प्रा.लि. किरण जी.सी.,स्वतन्त्र पत्रकार डिआरजी सुमन,पाणिनि पत्रकार समाजका महासचिव भिम वि.क. लगायतको उपस्थितमा पत्रकार सम्मेलन सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार