२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

नेपाल राष्ट्रिय शिक्षक संगठन द्वारा शैक्षिक सामाग्री बितरण

हिम लेकाली / भाद्र १० सन्धिखर्क
नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन महिला बिभाग अर्घाखाँचीकाे आयाेजनामा जन जीवन आधारभूत विद्यालय सनपा ७ का विद्यार्थीहरूलाई शैक्षिक सामाग्री बितरण गरिएको छ ।
संगठनले तिज पर्वकाे अवसर पारेर विद्यार्थी हरूलाई शैक्षिक सामाग्री बितरण गर्नु का साथै तिज विशेष शुभकामना आदान प्रदान कार्यक्रम पनि सम्पन्न गरेका छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन उपाध्यक्ष तथा महिला बिभाग प्रमुख सीता बन्जाडेकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष धुर्व के .सि . काे प्रमुख आतिथ्यता रहेकाे थियाे कार्यक्रम मा बाेल्दै प्रमुख अतिथिले तिज काे शुभकामना ब्यक्त गर्दै संगठनले तिज विशेष पारेर विद्यार्थीहरूलाई शैक्षिक सामाग्री बितरणले उनिहरू लाई प्राेत्साहन र राहत मिलेकाे बताउनु भयाे ।संस्थाले संस्कृतिका नाममा फजुल खर्च गरेर पर्व गरूङ्गाे बनाउने नभै यस्तै थाेपा थाेपा जम्मा गरेकाे रकम ले दिन दुखिहरूलाई राहत दिन सके हाम्रा सांस्कृति पर्व मान्नुकाे सार्थकता हुने बताउनुभयाे ।कार्यक्रममा संगठनका पूर्व अध्यक्ष मुकुन्द राज आचार्य ,नगर उपाध्यक्ष जनक बस्यालले पनि मन्तब्य राख्दै तिजकाे शुभकामना संगै संगठन लाई असल कामकाे लागि धन्यबाद ज्ञापन गर्नु भएकाे थियाे ।
शिक्षक विनाेद भट्टराई काे सन्चालमा सम्पन्न कार्यक्रम मा विद्यालयका प्रधानाध्यापक रूद्र प्रसाद ज्ञवाली ,बिद्या बिनाेद मा बि का शिक्षक नरेश के.सि .एवं विद्यालयका सम्पूर्ण शिक्षक अभिभावकहरूकाे उपस्थिति रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार