मोटरसाइकल दुर्घटनामा बुबाछोराको निधन

बुटवल ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका १३ बेल्वासमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृतक बुबा छोरा रहेको प्रहरीले जनाएको छ।

बुधबार साँझ साढे तीन बजे दुई मोटरसाइकल एक आपसमा ठोकिएको र दुध बोक्ने गाडीले ठक्कर दिँदा बेल्वासमा बस्ने स्थानीय अन्दाजी ४३ वर्षीय शोनु भट्टराई र उनका ६ वर्षीय छोरा निशान भट्टराईको निधन भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक ठग बहादुर केसीले जानकारी दिए। मृतक बुबाछोराको पहाड घर अर्घाखाँची हो।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल र बुटवल जादै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएका हुन्। दुर्घटनामा परी दुई जना घाइते भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार