कपिलवस्तुमा जनावरसँग ठोक्किँदा मोटरसाइकल सवार अर्घाखाँचीका एक युवाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी नगरपालिका–२ पानी धारामा हिजो चौपाया ( गोरु ) सँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँचीको शितगंगा नगरपालिका–१३ बाहुनखर्कका २६ वर्षीय पुष्कर भट्टराई रहेका छन ।

हिजो बेलुका ७ बजे पूर्व पश्चिम राजमार्गमा लु २९ प ४०४२ नम्बरको मोटरसाइकलले गोरुलाई ठक्कर दिदा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका पुष्करको ४ नम्बर सामुदायीक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकलमा पछाडी सवार उनकै ४८ बर्षीया भाउजू राधा भट्टराईको सोहि अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार