२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

१९ औँ निजामति सेवा दिवसको अवसरमा पाणिनीमा रत्तदान कार्यक्रम सम्पन्न

माधव बेल्वासे
भाद्र २२,अर्घाखाँची
ब्यावसायिक र सिर्जनशिल प्रशासन विकास समृद्धि र सुशासन भन्ने नाराका साथ १९ औँ निजामति सेवा दिवस पाणिनी गाँउपालिकामा रक्तदान कार्यक्रमको आयोजना गरि मनाईएको छ ।
१९ औँ निजामति सेवा दिवसको अवसरमा पाणिनीमा रत्तदान कार्यक्रम सम्पन्न भएको छ । पाणिनी गाँउपालिकाको आयोजनामा आज रक्तदान कार्यक्रम पाणिनीको दुर्गाफाँटमा रहेको गााउकार्यपालिका कार्यालयमा सम्पन्न भएको हो ।

पालिका अन्तरगत निजामति कर्मचारी, शिक्षक तथा स्थानिय समाजसेवि युवाहरुले रक्तदानमा सहभागिता जनाएका थिए । ६० जना रक्तदाताले रक्तदान गरेको कार्यक्रममा रक्तसेन्टर बुटवलबाट आउनुभएका स्वास्थ्यकर्मिहरु चन्द्र झेँडी, प्रशान्त अर्याल र गणेश खनालले प्राविधिक सहजिकरण गर्नुभएको थियो । रक्तदान जिवनदान भन्ने मान्यतालाई साथ दिदै छोटो सुचनाका आधारमा पनि उल्लेख्य दाताहरुले सहयोग गरेको भन्दै आयोजकले धन्यवाद दिएको छ ।
कार्यक्रमका प्रमुख अथिति गाँउपालिका अध्यक्ष टेकराज न्यौपानेले रक्तदान गरेर कसैको जिवन बचाउन महत्वपुर्ण भुमिका खेल्नुहुने सबैलाई धन्यवाद दिदै रक्तदान भन्दा ठुलो पुण्य अरु नभएको बताउनुभएको छ ।


पाणिनी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुषालले कार्यक्रमको परिकल्पना सार्थक बनाउन सहयोग गर्नुहुने सम्पुर्ण कर्मचारी तथा रक्तदाताहरुलाई विषेश धन्यवाद दिदै आगामि दिनमा पनि यस्तै रचनात्मक कार्यक्रम गर्ने प्रतिवद्धता ब्याक्त गर्नुभएको थियो ।


कार्यक्रममा गाँउपालिकाका निवर्तमान उपाध्यक्ष लक्ष्मी गौतम नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखा अर्घाखाँचीका कोषाध्यक्ष तुल्सी पौडेल लगायतले मन्तब्य राख्नुभएको थियो । गाँउपालिका स्वास्थ्य शाखा प्रमुख शेषकान्त घिमिरेको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख तेज बहादुर खनालले गर्नुभएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार