२४ असार २०८२, मंगलबार
२४ असार २०८२, मंगलबार

विषालु च्याउ खाँदा दाङमा एकै घरका पाँच जना बिरामी

दाङ ।
दाङको तुलसीपुरमा विषालु च्याउ खाँदा एकै घरका पाँच जना बिरामी भएका छन् ।

गएराति घर नजिकै परालमा उम्रिएको च्याउ पकाएर खाँदा उनीहरु बिरामी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

बिरामी हुनेमा तुलसीपुर–१६ ललौराका ३४ वर्षका विनोद चौधरी, ३४ वर्षकी वसन्ता चौधरी, १६ वर्षकी कोपिला चौधरी, १२ वर्षकी प्रभा चौधरी र ५५ वर्षका माघे चौधरी रहेको प्रहरीले जनाएको छ ।

च्याउ खाएलगत्तै लगातार बान्ता हुन थालेपछि उनीहरुलाई अस्पताल लगिएको थियो ।

उनीहरुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको नेपालगञ्ज रेफर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार