२४ असार २०८२, मंगलबार
२४ असार २०८२, मंगलबार

शारदा मा.वि. ले मनायो विभिन्न्न कार्यक्रम गरी ५८औ राष्ट्रिय बालदिवस

पारस भट्टराई,अर्घाखाँची। अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकुरामा रहेको शारदा माध्यमिक विधालयले “बालमैत्री समाजको आधारः जिम्मेवार परिवार,उत्तरदायी सरकार भन्ने’ ५८औ राष्ट्रिय बालदिवसको नारालाई प्राथमिकता दिदै कविता र नृत्य प्रतियोगिता सम्पन्न गरेको छ।

लोकनाथ अधिकारीले सञ्चालन गरेको कार्यक्रमको सभाध्यक्षको रुपमा विधालयका सह प्रधानाध्यापक नवराज अधिकारी थिए। उक्त कार्यक्रममा सम्पन्न भएको कविता प्रतियोगिता मा मिजास भट्टराई प्रथम,निशा खनाल दोस्रो र तारा नेपालीले तेस्रो स्थान हासिल गरेका थिए भने नृत्य तर्फ सरीस्ना मल्लले प्रथम स्थान हासिल गरेकि छिन।

विधालय आसपासको क्षेत्रमा ५८औ राष्ट्रिय बालदिवसको नारा लगाएर कार्यक्रम सम्पन्न भएको अर्जुन पोख्रेलले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार