२७ असोज २०८१, आइतवार
२७ असोज २०८१, आइतवार

रवी र विकल्प खोज्नेहरुले ध्यान पुराउनुपर्ने कुरा

बिमल चौहान
अर्घाखाँची । रबिन्द्र मिश्र र पुकार बम भिड्नु आफैंमा घातक हुनेछ । मिश्र त्यहाँबाट उठ्ने थाहा हुँदा पनि मिलन पाण्डे समूहले मिश्रलाई जुनसुकै हालतमा हराउन अनेक कोसिस गरेका छन् ।सैद्धान्तिक र राजनैतिक रूपमा अस्थिर र पतन भएपनि समुह र पार्टी पद्धतिमा काम गर्ने संस्कार निकै कम भएका मिश्र ब्यक्तिगत रूपमा एउटा सक्षम ,प्रतिभाशाली,लोकप्रिय ,सामाजिक काममा अग्रपंक्तिमा र स्पष्ट वक्ता हुन् । उनी संसदमा हुँदा खबरदारी गर्न एउटा असल पात्र हुन् भन्ने लाग्छ । मिश्रको ओराली यात्राका बीचमा पनि प्रकाशमानको ओराली अझै बढी छ, अघिल्लो पटक थोरै मतान्तरमा पराजय भोगेका मिश्र आशाको दृष्टिकोणबाट नहेरेपनि त्यहाँ एमाले र माओवादीका उम्मेदवार भन्दा अब्बल हुनेछन् ।
राजनीतिक विचारले घटेका मत अब राप्रपाको मतले उठाउने छ मलाई लाग्छ उनले एमालेसम्मको मत लिएर झन् बलियो हुने देखिन्छ ।पुकार एउटा असल युवा भएपनि अझै त्यो लेभलमा देख्दैन यसरी निर्वाचन क्षेत्र छोडेर कहिले विवेकशील ,साझा अनि स्वतन्त्र हुँदै अहिले रवी लामिछानेको पार्टीमा प्रवेश गरेका छन् । रवीले बुझ्नुपर्छ नयाँ भिडाएर जित्ने उनै पुरानाले हुन् । विचार जति अस्थिर भएपनी मिश्र सांसद हुन सक्ने र जित्ने सम्भावना बोकेका पात्र हुन् ।बालेनको चुनावको अन्तिममा काङ्ग्रेस, एमाले एकातिर अरु एकातिर अरुलाई उम्मेदवारी छोड्न भन्ने रवीले यो पटक भिडाउदा कस्तो विचार आयो । त्यसैले अझै धेरै सोच्ने होकि ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार