१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

बागमारा सामुदायिक क्लबले खुल्ला भलिबल प्रतियोगिता गर्ने

सागर मरासिनी , सन्धिखर्क ।
खाँचीकोट, सुपादेउराली , बागमारा क्षेत्रको सान , कला , संस्कृती , पर्यटन र स्वास्थ्यका लागि खेलकुद अभियान भन्ने मुल नारा सहित बागमारा सामुदायिक क्लब सन्धिखर्क ०७ ले खुल्ला वडा कप भलिबल प्रतियोगिता संचालन गर्ने भएको छ ।

यहि असोज ०७ गते देखि संचालन हुने भलिबल प्रतियोगितामा प्रथम पुरस्कार नगद ३०हजार, द्धितिय पुरस्कार २०हजार र तृतीय पुरस्कार १०हजार रहेको आयोजकले जानकारी दिएको छ ।

खेल नकआउट विधिका आधारमा संचालन हुने प्रतियोतिमा खेलाडी जर्सी र जर्सी नं. सहित सहभागिता जनाउनुपर्ने भएको छ ।
असोज ०७ गते बिहान १० बजे सम्म टिमदर्ता गर्न सकिने , टिम दर्ताका लागि २ हजार ५सय दर्ता शुल्क लाग्ने आयोजकले निर्णय गरेको छ । खेल नरपानी देखि १०० मिटर भित्र बागमारा खेल मैदानमा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार