अर्घाखाँची / पाणिनी
जिल्लाको पाणिनी गाँउपालिका वडा न. ७ अड्गुरीको आयोजनामा वार्षिक स्विकृत कार्यक्रम अन्तरगत वालि संरषण प्रयोगशाला स्थापना तथा वाली उपचार शिविर संचालन भएको छ । ७ न. वडा कार्यालयमा आयोजित कार्यक्रम वडा अध्यक्ष गुनाखर अधिकारिको अध्यक्षता र कृषि ज्ञान केन्द्र अर्घाखाँचीको सहजिकरणमा सम्पन्न भएको हो ।
मंगलवार सम्पन्न भएको कार्यक्रममा वडाका १सय ४७ किसानहरुले माटो परिक्षण गराएका छन् । साथै उनिहरुले माटो अनुकुलको खेति गर्नका लागि परामर्श समेत पाएका किसानहरुले बताएका छन् । कार्यक्रममा वडा सदस्यहरु तथा किसानहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन वडा कार्यालयका सचिव कमल प्रसाद न्यौपानेले गर्नुभएको हो ।
पाणिनी ७ मा वाली उपचार शिविर सम्पन्न
तपाईको प्रतिक्रिया