१ असोज २०८१, मङ्लबार
१ असोज २०८१, मङ्लबार

पाल्पाको माथागढीमा बजार अनुगमन

पाल्पा ।
पाल्पाको माथागढीमा बजार अनुगमन गरी म्याद नाघेका खाद्यवस्तु नष्ट गरिएको छ ।

माथागढी गाउँपालिकाले बुधबार वडा नं. ३ को कसेनीको सराई बजारमा अनुगमन गरेको छ ।
सराईको ओझापुल, खिरौली, फूलबारी चोकलगायतका बजारमा अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा बेकरी,मसला,हलुका पेयपदार्थ,चाउचाउ,शृङ्गारका सामग्रीलगायतका सामग्री म्याद नाघेका भेटिएको
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले जानकारी दिए ।

अनुगमनमा अधिकांश पसल दर्ता भएको तर पसलको दर्ता अनुमति नवीकरण नगरेकाले नवीकरण गर्न र मुल्य सूची टाँस गर्न निर्देशन गरिएको छ ।

अनुगमनमा पालिकाका उपाध्यक्ष विष्णुमाया लुङ्चेमगरको नेतृत्वमा भएको हो । अनुगमनमा भेटिएका म्याद नाघेका खाद्यवस्तु जंगलमा लगेर नष्ट गरिएको ज्ञवालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार