२७ असोज २०८१, आइतवार
२७ असोज २०८१, आइतवार

पाल्पा–बुटवल सडक एकतर्फी खुल्यो

बुटवल ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्ड गएरातिदेखि एकतर्फी खुलेको छ । पाल्पाको तिनाउ गाउँपालिका–५ हिउँदे खोलामा बनाइएको डाइभर्सनमै खसेको पहिरो पन्छाएर गएराति १२ बजेदेखि सडक खुलेको हो। सडक डिभिजन पाल्पाका डिभिजन प्रमुख प्रदिपमणि निरौलाका अनुसार अझै पनि सडकमा केही हिलो भने बाँकी नै छ । हिलो तीन वटा मेसिनले पन्छाउने काम भैरहेको छ।

सडक खुलेपछि रोकिएका गाडी र यात्रु गन्तव्यमा लागेका छन् । अस्ति दिउँसोदेखि बन्द भएको सडक डाइभर्सन निर्माण गरी खुलाइएको थियो । तर हिजो बिहान फेरि दुई ठाउँमा पहिरो खसेपछि दिनभर नै पूर्णरुपमा ठप्प भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार