१ असोज २०८१, मङ्लबार
१ असोज २०८१, मङ्लबार

महिनादिनमै चुहियाे अस्पतालकाे छत

प्रिन्स मिश्रा/ बहादुरगंज 

कपिलवस्तु । कपिलवस्तुकाे शिवराज अस्पतालकाे भवन निर्माणमा चरम लापरवाही भएको पाइएको छ । कृष्णनगर नगरपालिकाकाे वडा नम्बर-९, बहादुरगञ्जमा रहेको शिवराज अस्पतालकाे नवनिर्मित भवनकाे छतबाट पानी चुहिएकाे पाइएकाे छ ।

अस्पताल भवन निर्माणमा गुणस्तरहीन सामग्रीकाे प्रयाेगले ढलान गरिएको एक महिना नबित्दै छतबाट पानी चुहिन थालेकाे छ । भवन निर्माणमा कमसल सामग्रीकाे प्रयाेगले ढलान गरिएको छतबाट पानी चुहिन थालेकाे स्रोतकाे भनाइ छ । स्राेतका अनुसार भवन निर्माणकाे जिम्मा पाएकाे ब्रेभ कन्ट्रक्शन भैरहवाले छत ढलान लगायतका निर्माणकाे काममा मापदण्ड अनुरुप काम नगरेकाेले चुहिएको छ ।

कृष्णनगर नगरपालिकाका इन्जिनियर प्रदीप चाैधरीले संघीय सरकारकाे १ करोड ७३ लाखकाे लगानीमा २ वर्षमा भवन निर्माण गरिएकाे बताए । इन्जिनियर चौधरीले छत ढलान गर्दा स्वयम आफै र असिस्टेंट इन्जिनीयर मनोज शाक्यको निगरानीमा छत ढलान गरिएको जनाए ।

ढलान गर्ने समयमा प्रयोग हुने भाइब्रेटर मेशिन राम्रोसँग प्रयोग नभएको र लेबरहरुको लापरवाहीका कारणले ढलान भएको छतबाट पानी चुहिएकाे हुन सक्ने बताए । ढलान भएकाे छतकाे ठाउँठाउँमा चुहिने (लिकेज)लाई बन्द गर्नको ढलान भएको छत माथि चिपिङ्ग गरि पुनः २ इन्च मोटो ढलान गर्ने गरिएको उनले जनाए ।

यता भवन निर्माण ठेक्का पाएकाे निर्माण कम्पनी ब्रेभ कन्ट्रक्शन भैरहवाका अमित श्रीवास्तवले भवनकाे डिजाइन र इस्टिमेट अनुसार नै सामग्री प्रयोग गरि निर्माण गरिएको बताए । भवन निर्माण गर्दा नगरपालिकाका प्राविधिकको उपस्थिति र प्राविधिककै सल्लाह-सुझाव अनुसार नै भवन निर्माणकाे सम्पूर्ण काम भएकाे उनकाे भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार