गोमा पौडेल / अर्घाखाँची
आसन्न मंसिर ४ गतेको निर्वाचनका लागि नेकपा एमाले अर्घाखाँचीको पुर्ण बैठकबाट प्रतिनिधि सभाको लागि पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझिलाई सर्वसम्मत सिफारिस गर्ने भएपछि संघ तथा प्रदेशका लागि उमेद्धवार सर्वसम्मत सिफारिस भएका छन् । जिल्लामा स्थापित तथा क्रियासिल नेता रायमाझि अपराजित चुनावि दौडमा अर्घाखाँचीबाट सिफरिस भएका हुन् ।
तत्कालिन नेकपाको बैद्यता माथि प्रश्न उठाउने सर्वोच्वको फैसला पछि एमालमै रहेका रायमाझि स्वच्छ छवि भएका विकासप्रेमि र युवाहरुको रोजाई भएको एमाले कार्यकर्ता तथा जिल्ला बासिहरुले बताउने गरेका छन् ।
नेकपा एमालेका केन्द्रिय सचिव समेत रहेका रायमाझि चिरपरिचित नाम मात्र होइन, राष्ट्रिय राजनितिमा प्रभाव राख्न सक्ने नेता पनि भएको धेरैको बुभाई रहेको छ । यता गठबन्धनबाट कस्लाई उमेद्धवार बनाउने टुंगो लागिसकेको छैन भने उपसभामुख समेत रहेकि कांग्रेस नेत्रृ पुस्पा भुषालको सम्भावना धेरै रहेको चर्चा पनि छ । तर उनले भने सर्वसम्मत सिफारिस नपाएको बुझिएको छ ।
जिल्लाबाट पटक पटक सांसद बनेर पनि जिल्लाका लागि उल्लेख्य काम गर्न नसेकेको , जिल्लामा नफर्केको आरोप खेपिरहेका राजनितिक दलका नेताहरुलाई सजिलो हुन नदिने गरि स्वतन्त्र उमेद्धवारहरुको चर्चा चले पनि रायमाझिको प्रतिस्प्रधा गठवन्धन दलसँग नै हुने अनुमान धेरै तिर गरेको बुझिन्छ ।
यता कांग्रेस र गठबन्दन दलहरुले साझा उमेद्धवार दिन नसकेका बेला प्रदेशमा पनि एमालेले भने विवाद रहित सिफारिस गर्दै प्रदेश ‘क’ मा चेतनारायण आचार्य र प्रदेश ‘ख’ मा राम्जी प्रसाद घिमिरेलाई दोहोर्याउने निर्णय यस अघि नै गरिसकेको छ । गत स्थानिय निर्वाचनमा पनि ५ दल मिलेर गठवन्धन र एमाले एक्लै चुनावि मैदानमा उत्रिदा पनि ३ पालिका प्रमुख र ५ उपप्रमुख जितेको एमालेले ६१ वडा मध्ये ३० वटा वडामा जित हासिल गरेको थियो ।