२५ असोज २०८१, शुक्रबार
२५ असोज २०८१, शुक्रबार

एमाले सचिव रायमाझी अर्घाखाँची बाट सर्वसम्मत उम्मेदवार

शोभाखर पन्थी
अर्घाखाँची / भदौ – २१
नेकपा एमाले अर्घाखाँचीले केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई प्रतिनिधिसभा निर्वाचनको निम्ति सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।
एमाले अर्घाखाँचीको सन्धिखर्कमा सम्पन्न बैठकले पुर्व उपप्रधानमन्त्री समेत रहनु भएका रायमाझीलाई सर्वसम्मत प्रतिनिधिसभा सदस्यको उम्मेदवारको निम्ति सिफारिस गर्ने निर्णय गरेको हो ।
जिल्लामा लोकप्रिय नेताको रुपमा स्थापित उहाँले यस अघि २०६४,२०७० र २०७४ सालमा भएका निर्वाचन लगातार जित्दै आउनु भएको छ ।
बिकासवादी नेता रायमाझीले अर्घाखाँची जिल्लामा विकासको बलियो जग बसालेको जनताको बुझाई छ । उहाँले जिल्लालाई नमुना जिल्ला बनाउने गरि थुप्रै बिकास निर्माणका काम गरिसक्नु भएको छ ।
सर्वसम्मत उमेदवार चयन भएपछि उहाँले जिल्लाको बिकास र समृद्धिको निम्ति अहोरात्र खट्नको निम्ति थप उत्साह पैदा भएको बताउनुभयो । रायमाझीले आसन्न निर्वाचनमा नेकपा एमालेलाई कुनै तागतले परास्त गर्न नसक्ने भन्दै सबैपक्ष बाट सहयोगको अपेक्षा समेत प्रकट गर्नुभयो । उहाँले एक ढिक्का भएर चुनावी अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।
नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालको अध्यक्षता,उपाध्यक्ष ईश्वरा पोख्रेलको स्वागत मन्तव्य र सचिव तोजबहादुर रायमाझीको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य द्वय चन्द्रबहादुर खड्का उज्ज्वल ,चेतनारायण आचार्य ,केन्द्रीय सल्लाहकार परिषद सदस्य नजिर मियाँ ,नरेन्द्र कुमार क्षेत्री ,लक्ष्मण रायमाझी ,प्रदेश कमिटीका सचिवालय सदस्य रामजी प्रसाद घिमिरे लगायतका वक्ताहरूले मन्तव्य राख्दै नेकपा एमालेको जित सुनिश्चित भएको भन्दै उच्च मनोबलका साथ कार्यक्षेत्रमा खट्न कार्यकर्तालाई आग्रह समेत गर्नुभयो ।
बैठकले पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज चन्द्रबहादुर खड्का उज्ज्वलको संयोजकत्वमा २ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
कमिटीको सह-संयोजकमा जिल्ला कमिटी अध्यक्ष पीताम्बर भुसाल ,प्रदेश कमिटी सदस्य जिवनारायण कोईराला र सचिव तोजबहादुर रायमाझी रहनुभएको छ । यसैगरी सदस्यमा प्रदेश कमिटी र जिल्ला कमिटी सदस्य ,पालिका कमिटीका पदाधिकारी ,सम्पर्क समन्वय कमिटीका सदस्य ,जिल्ला सम्पर्क मञ्चका अध्यक्ष ,जनसम्पर्क मञ्चका अध्यक्ष ,जनसंगठनका केन्द्रीय सदस्य र जिल्ला कमिटीका सदस्य रहनुभएको छ ।
बैठकले नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष पीताम्बर भुसालको संयोजकत्वमा २ हजार १ सय १ सदस्यीय प्रचार-प्रसार कमिटी निर्माण गरेको छ ।
कमिटीको सह-संयोजकमा पार्टी उपसचिव शम्भु प्रसाद पोख्रेल र सन्धिखर्क नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसाल तथा सचिवमा जिल्ला प्रचार बिभाग प्रमुख शोभाखर पन्थी रहनुभएको छ ।
यसैगरी सदस्यमा जिल्ला कमिटी ,क्षेत्रीय समन्वय कमिटी ,पालिका कमिटी र वडा कमिटीका सदस्य जनसंगठनका जिल्ला र पालिका कमिटीका सदस्य तथा वडा कमिटीका पदाधिकारी रहनुभएको छ ।
यसैगरी बैठकले नेकपा एमालेका जिल्ला सचिव तोजबहादुर रायमाझीको संयोजकत्वमा ७ सदस्यीय आर्थिक व्यवस्थापन तथा परिचालन समिति गठन गरेको छ । समितिको सदस्यमा भिम के.सी.,लिलबहादुर बि.क.,युवराज श्रेष्ठ ,श्रीकृष्ण भुसाल र शुष्मा श्रेष्ठ रहनुभएको छ ।
यस्तै बैठकले एमाले युवानेता खुविराम आचार्यको संयोजकत्वमा १५ सदस्यीय स्वयंसेवक परिचालन कमिटी गठन गरेको छ ।
बैठकले केन्द्रीय सचिव टोपबहादुर रायमाझीको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन निर्देशक समिति गठन गरेको छ ।
समितिको सदस्यमा बोमबहादुर बि.क.,चेतनारायण आचार्य ,नजिर मियाँ ,नरेन्द्र कुमार क्षेत्री ,लक्ष्मण रायमाझी र रामजी प्रसाद घिमिरे रहनुभएको छ ।
यसैगरी केन्द्रीय सल्लाह परिषद सदस्य नरेन्द्र कुमार क्षेत्रीको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन अनुगमन समिति गठन गरिएको छ ।
कमिटीको सदस्यमा कुटमदिन अलि ,दलबहादुर भट्टराई ,प्रकाश ज्ञवाली ,केवी भुसाल ,बुद्धिराम भुसाल र ईश्वरा पोख्रेल रहनुभएको छ ।
यसैगरी पार्टी स्कुल बिभाग प्रमुख ध्रुव के.सी.को संयोजकत्वमा ५ सदस्यीय प्रतिबद्धता पत्र तयारी समिति बनाईएको छ ।
समितिको सदस्यमा श्रीकृष्ण भुसाल ,सालिकराम आचार्य ,शोभाखर पन्थी र कुसल भुसाल रहनुभएको छ ।
बैठकले आसन्न निर्वाचनलाई शान्तिपूर्ण ,धाँधलीरहित र व्यवस्थित रुपमा सम्पन्न गरि आफ्नो पार्टीका उम्मेदवारलाई विजयी गराउनको निम्ति विभिन्न योजनाहरु समेत निर्माण गरेको छ ।
बैठकमा ठुलो संख्यामा सदस्यहरुको उपस्थिति रहेको थियो । बैठक पछि कार्यकर्ताहरु थप उत्साहित भएको एमाले कार्यालय सचिव लिलबहादुर बि.क.ले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार