अर्घाखाँची ।
बृहत समाज संगठनद्वारा आयोजित अति बिपन्न वर्गका लागि शैक्षिक सामाग्री वितरण गरिएको छ । संगठनका अध्यक्ष छविलाल कोइराला , शैक्षिक सामाग्री वितरणका संस्थापक संयोजक कमल भट्टराई र संस्थापक सचिव बिनोद पौडेल लगायत बिधालय प्राध्यापक साथै शिक्षक शिक्षिका लगायत विद्यार्थीको उपस्थितिमा बिपन्न र अभिभावक बिहिन विद्यार्थीलाई सहयोग गरिएको हो ।
कार्यक्रममा विभिन्न विद्यार्थीहरुको अवस्थाको बारेमा अध्यन गर्दै गरिब विद्यार्थीका लागि निशुल्क रूपमा शिक्षा प्रदान गर्नु पर्नेमा संगठनले जोड दिदै आगामी दिनहरुमा यस्तै किसिमका कार्यक्रमबाट भए पनि विद्यार्थीको मनोभावनाको कदर गर्दै शिक्षामा सुधार ल्याउन हरेक पल हरेक समय संस्था क्रियासिल रहने प्रतिबद्धता संस्थाले गरेको छ ।
समाज संगठनको शैक्षिक सामाग्री वितरण अन्तर्गत सोमवार पाणिनी गाउँपालिकाको ५मा रहेको श्री कृष्ण माध्यमिक बिधालय र वडा न. ६ धातिवङ्गको धातिवाङ्ग माध्यमिक बिधालयमा शैक्षिक सामाग्री वितरण गरेको संस्थाले जानाकारि गराएको छ । असाहय तथा बिपन्न बर्गका विद्यार्थीलाई सहयोग निरन्तर रूपमा गर्ने संस्थाको योजना रहेको बताईएको छ
सस्थाले दुखी गरिब निम्न बर्गका ब्यक्तिहरुलाई सहयोग तथा सहकार्य गर्दै अगाडी बढ्न चाहानेहरुलाई सम्पर्क गरेर संस्थामा जोडिन पनि अनुरोध गरेको छ ।