भाद्र २९, अर्घाखाँची ।
पाणिनी गाँउपालिका वडा न. ७ झन्द्रेकमा रहेको जनसेवा माध्यमिक विद्यालयमा आज बुधवार राष्ट्रिय वालदिवशको अवसरमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । दिवसको अवसरमा विद्यालयमा बक्तृत्वकला,चम्चादौड प्रतियोगिता तथा प्रथम त्रैमासिक परिक्षाको नतिजा सार्वजनिक तथा अभिभावक भेला लगायतका कायक्रम सम्पन्न भएका हुन् ।
विद्यालयले आज आयोजना गरेको कार्यक्रममा विद्यालय ब्यावस्थापन समितिका पदाधिकारि,अभिभावक तथा सरोकारवाला सहित शिक्षक, विद्यार्थीको उपस्थिति रहेको थियो । आज सम्पन्न कार्यक्रम मध्ये बक्तृत्वकला प्रतियोगितामा कक्षा ९ बाट रितु बेल्वासे प्रथम , कक्षा १० बाट दिपशिखा बेल्वासे द्धितिय, अनुपा घिमिरे तृतिय र कुशल घिमिरे शान्त्वना स्थान प्राप्त गर्न सफल भएका हुन् ।
यसै विच कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुको कक्षा स्तरिय चम्चा दौड प्रतियोगिता सम्म्पन भएका छन् ।
विद्यालय ब्यावसथापन समिति अध्यक्ष कृष्ण प्रसाद बेल्वासेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शालिकराम बेल्वासेको प्रमुख आथित्यता रहेको थियो । यस्तै विशिष्ट अथितिको रुपमा शिक्षक डिलाराम घिमिरे रहनुभएको कार्यक्रममा वडा न. ७ का वडा सदस्य प्रेम थापा, विद्यालय ब्यावस्थापन समिति सदस्यहरु शेषराज पौडेल,खगेन्द्र पौडेल लगायत अभिभावकहरुको समेत आथित्यता रहेको थियो ।
विद्यालयका शिक्षक गोविन्द पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा शिक्षकहरु त्रय इमान बहादुर टण्डन,जमुना बेल्वासे र केशव शुर्यवंशीले निर्णायकको जिम्वेवारी सम्हाल्नुभएको थियो ।
कार्यक्रममा भाद्र महिनामा संचालित प्रथम त्रैमासिक परिक्षाको नतिजा सार्वजनिकिकरण तथा उत्तकृष्ट विद्याथीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।