१४ जेष्ठ २०८१, सोमवार
१४ जेष्ठ २०८१, सोमवार

शिशुज्ञानकुन्जको ११ औ अभिभावक दिवस

बुटवल । बुटवल–४, आदर्शनगरमा रहेको शिशु ज्ञानकुन्जले ११ औं अभिभावक दिवस तथा बार्षिकउत्सव मनाएको छ । कार्यक्रममा बिद्यालयका अध्यक्ष चन्दा रावल, नेपाल सरकारको पुर्व उप सचिव बिद्यालयकै भु.पु. अभिभावक सबिता निरौला, बिद्यायलयका प्राचार्य रिता शर्मा लगायतले आ आफ्नो भनाई राखेका थिए ।
विद्यालयका प्रधानाध्यापक शर्माले मन्टेश्वोरी बुटवल उप महानगरपालिकाकै पुरानो र अभिभावककै माया र साथले धेरै अगाडि बढेको अझै साथ सहयोगको अपेक्षा सहित रहेको बताएकी थिईन ।
बिद्यालय शेयर सदस्य डा। नारायण पन्त, बिद्यालय संस्थापक प्राचार्य बिमला रावल र अभिभावक शान्ति पाठक, दिपक अधिकारी लगाएत मन्तव्य राखेका थिए । बिद्यालय शिक्षिका तुल्सी थापाका अनुसार विद्यालयमा विभिन्न सांगितिक कार्यक्रम आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार