१ असोज २०८१, मङ्लबार
१ असोज २०८१, मङ्लबार

क्यान्सर रिलिफ सोसाईटिको ४० औं स्थापना दिवस

भाद्र ३१ ,सन्धिखर्क
नेपाल अर्बुद रोग निवारण संस्था (क्यान्सर रिलिफ सोसाईटि) अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा संस्थाको ४० औं स्थापना दिवस मनाईएको छ ।
संस्थाको कार्यालय सिएमए क्याम्पसमा एक कार्यक्रम बिच दिवस मनाईएको हो ।
संस्थाका सभापति नारायण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम संस्थाका उपाध्यक्ष द्रोण प्रसाद भुसालले स्वागत मन्तव्य ब्यक्त गर्दै कार्यक्रमको औचित्यता बारे प्रकाश पार्नु भएको थियो ।
संस्थाका कोषाध्यक्ष श्रीकृष्ण भुसाल को सन्चालनमा सम्पन्न कार्यक्रममा शिक्षा प्रेमी संस्थाकी सदस्य बिजुला रायमाझीले अर्बुद (क्यान्सर) रोगले समाजमा पारेको प्रभाव र यसबाट बच्ने उपायहरू को बारे प्रकाश पार्नु भयो ।
कार्यक्रममा संस्थाका सल्लाहकार हिम लेकाली , कार्य समिति सदस्य सारदा रायमाझीले पुरस्कृत विद्यार्थीहरू लाई बधाई ब्यक्त गर्दै सबै क्यान्सर रोगको रोकथामको लागि जनचेतना अभियानमा जुट्नु पर्ने बताउनु भयो । सहभागी विद्यार्थी आकृती सापकोटाले संस्था प्रतिको अनुभूति जन्य मन्तब्य ब्यक्त गरेकि थिईन् । लगायतले महत्वपूर्ण मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
संस्थाले बिश्व धुम्रपान रहित दिवस (जेष्ठ १७ ,२०७९) को उपलक्ष्यमा आयोजित धुम्रपानले मानव जीवनमा पार्ने असरको बारेमा सन्धिखर्क नगर स्तरिय चित्रकला प्रतियोगितामा सन्धिखर्क ईङ्गलीस बोर्डिङ् स्कुलका छात्र संकित भुसाल प्रथम ,मदरल्याण्ड ईङ्गलिस बोर्डिङ्ग स्कूलका छात्र अभिशेष शाहि द्धितिय त्यस्तै तृतिय स्थान प्राप्त गर्ने भगवती माध्यमिक विद्यालयका छात्रा मिसन बस्नेतलाई संस्थाका अध्यक्ष तथा उपाध्यक्षले नगद सहित प्रमाण पत्र प्रदान गर्नु भएको थियो । संस्थाले प्रत्येक बर्ष क्यानसर रोग सम्बन्धि विभिन्न सचेतनामुलक कामहरू गर्दै आएको छ । यस संस्थामा हाल सम्म आजिवन सदस्य संख्या १२५ भन्दा बढि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार