११ जेष्ठ २०८२, आइतबार
११ जेष्ठ २०८२, आइतबार

नेत्र स्मृति पार्क उद्घघाटन तथा सालिक अनावरण

हिम लेकाली
भाद्र ३१ अर्घाखाँची ।
सितगंगा नगरपालिका बडा नं. २ सिख्रमा नेकपा एमाले का पूर्व जिल्ला कमिटी सचिव एवं पार्टी प्रमुख स्व. नेत्र बहादुर क्षेत्रीकाे सालिक अनावरण तथा नेत्र स्मृति पार्ककाे उद्घघाटन गरिएकाे छ ।
नेत्र क्षेत्रीका भाइ दिपक क्षेत्रीकाे अध्यक्षता ,नेकपा (एमाले ) सितगंगा नगर सचिव ऋषि घिमिरे काे सन्चालन र निर्मल क्षेत्रिकाे स्वागतमा सम्पन्न कार्यक्रममा
पार्क एवं सालिकको उद्घघाटन तथा अनावरण नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य चेतनारायण आचार्यले गर्नु भएको थियाे ।
कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै प्रमुख अतिथि अाचार्यले अर्घाखाँची जिल्ला साविक सितापूर सिख्रमा जन्मिनु भएका नेत्र बहादुर क्षेत्री २०५० देखि २०५५ सम्म नेकपा एमाले अर्घाखाँची काे सचिव तात्कालिन पार्टी प्रमुख भएकाे बताउनु भयाे । उहाँ असाध्यै सालिन भद्र र पार्टी प्रति निष्ठाबान नेता भएकोले उहाँकाे सपना पूरा गर्न उहाकाे गुणलाई पच्छाउँदै पार्टी लाई बलियाे बनाउनु पर्ने बताउँदै उहाँ प्रति श्रर्द्धा सुमन ब्यक्त गर्नु भएकाे थियाे ।
सालिक अनावरण तथा स्मृति पार्क उदघाटन कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य नरेन्द्र कुमार क्षेत्री, लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे, अर्घाखाँची जिल्ला कमिटी अध्यक्ष पिताम्बर भुसाल, प्रदेश कमिटी सदस्य जनार्दन खनाल, प्रदेश कमिटी सदस्य गाेबर्धन थापा , सितगंगा नगरपालिका प्रमुख छविलाल पाैडेल ,उप प्रमुख गिता भाट ,नेकपा एमाले नगर कमिटी अध्यक्ष वसन्त श्रेष्ठ , काँग्रेस क्षेत्रीय प्रतिनिधि राजेन्द्र के.सि. लगायतका नेताहरूले मन्तव्य ब्यक्त गर्दै उहाँ एमाले कार्यकर्ताकाे बिचमा मात्र हाेईन उहाँ सिङ्गो अर्घाखाँचीका जनताकाे मन मनमा बस्न सफल नेता भएकाे बताउँदै श्रर्द्धासुमन ब्यक्त गर्नु भएको थियाे ।
उक्त कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य के.बि.भुसाल ,काँसी अाचार्य , गण्डकी प्रदेस कमिटी सदस्य लिला जि.सि . पार्टी जिल्ला कमिटी उप सचिब तथा बडा अध्यक्ष भिम के.सि. ,जिल्ला कमिटी सदस्य शिवकला बि.क. ,जेष्ठ कम्युनिस्ट मन्चका तिलक भाट ,जिल्ला सल्लाहकार सदस्य अमर न्याैपाने , नेत्र क्षेत्रीकि धर्म पत्नी सरस्वती देवी क्षेत्रि ,छाेरा प्रकाश ,छाेरिहरू सरस्वती ,बसन्ती ,पुष्पा क्षेत्रि युवा नेता तिलक मणि अधिकारी , हरि प्रसाद खनाल लगायत वडा नं. २ , ३ ,४ र १३ नं. बडाका बडा अध्यक्ष विभिन्न पार्टीका नेता,कार्यकर्ता,जनप्रतिनिधिहरु र स्थानीय जनताको बाक्लो उपस्थिति रहेको थियाे ।
उच्च रक्तचापको नियमित औषधि सेवन गरिरहनु भएका क्षेत्रीको दशैको बेला घरमा आराम गरिरहेको समयमा एक्कासि बेहोस हुनुभएको अवस्थामा तत्काल उपचारको लागि काठमाडौ लैजाने क्रममा बाटो मै २०६५ असोज २२ गते ५५ बर्षको उमेरमा उहाँको दुखद निधन भएको थियो।

साे नेत्र स्मृति पार्क तथा सालिक एमाले सरकारकाे पाला प्रदेश सरकार बाट बिनियाेजित बजेट १५ लाख बाट माननीय रामजी प्रसाद घिमिरेकाे विशेष पहलमा बनेकाे हाे ।
साे पार्क र सालिक बुढिचाैर देखि सिख्र जाने बाटाेमा सिख्रकाे फेदि खुरखुरे डाँडामा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार