३ माघ २०८१, बिहिबार
३ माघ २०८१, बिहिबार

अबैध लागूऔषध चरेस सहित एक जना पक्राउ

प्रिन्स मिश्रा कपिलवस्तु – प्रहरीले ३.९ किलो चरेस सहित एक जनालाई पक्राउ गरेको छ।

बॉर्डर आउट पोस्ट (बिओपी) कृष्णनगरको टोलीले ३.९ किलो चरेस सहित एक जनालाई पक्राउ गरेको हो । शनिबार साँझा करिब ४ बजे
बॉर्डर आउट पोस्ट (बिओपी) कृष्णनगरका प्रहरी निरिक्षक जोगेन्द्र केसीको कमांडमा खटिएको टोलीले कृष्णनगर नगरपालिका – ३ लक्ष्मीनगरबाट पक्राउ गरेको हो । संकाको आधारमा चेक-जांच गर्दा झोलाबाट ३.९ किलो चरेस भेटिएको थियो ।

पक्राउ पर्नेमा दाङ जिल्लाको घोराही उप-महानगरपालिका-१० नरैनापुर बस्ने २७ वर्षीय मोमत जोगीलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका डिएसपी मेघराज जोसीले बताएका छन । पक्राउ परेका जोगीलाई लागूऔषध कारोबार ऐन अन्तर्गत मुद्दा चलाईने प्रहरी उपरीक्ष मेखराज जोशीले जानकारी दिए ।

पक्राउ परेका जोगीलाई कार्यवाहिको लागि ईप्रका कृष्णनगरलाई बुझाईएको डिएसपी जोसीले जानकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार