२७ भदौ २०८१, बिहिबार
२७ भदौ २०८१, बिहिबार

आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी बृहत सचेतनामुलक कार्यक्रम सम्पन्न

अर्घाखाँची ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा आत्महत्या न्युनिकरण सम्बन्धी बृहत सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।जिल्ला समन्वय समितिको सभाहलमा जिल्ला सम्पन्न कार्यक्रम प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको अध्यक्षता र जिल्ला समन्वय समिति अर्घाखाँचीका सभापति जिवनारायण कोईरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
नेपाल प्रहरी कार्ययोजना २०७९ अन्तर्गत आत्महत्या न्युनिकरण कार्यक्रम अनुरुप देशभर बढ्दो आत्महत्या दरलाई न्युनिकरण गर्न आम नागरिकलाई सुसूचित गराउने उद्देश्यले अर्घाखाँची जिल्लामा रहेका जनप्रतिनीधिहरु, राजनैतिक दलका प्रतिनिधिहरु,सम्पुर्ण सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरु, बैक तथा बित्तिय संस्थाका प्रमुखहरु ,शिक्षक ,विद्यार्थीहरु, एवं पत्रकारहरुको समुपस्थितिमा बृहत् सचेतनामूलक कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरि कार्यालय अर्घाखाँचीले जनाएको छ ।कार्यक्रमको सहजिकरण जिल्ला प्रहरि कार्यालयका प्रहरी निरीक्षक अर्जुन पौडेलले गर्नु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार