पाल्पामा डेंगु संक्रमित एक जनाको मृत्यु

पाल्पा ।
पाल्पामा डेंगु संक्रमित एक जनाको मृत्यु भएको छ। ​

रिब्दीकोट गाउँपालिका–१ का ५८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डाक्टर राजेन्द्र कुमार गिरीले बताए।

उनको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो।उनलाई डेंगु भएपछि गत भदौ २८ गते अस्पताल भर्ना गरिएको थियो।

पाल्पामा अहिलेसम्म १२१ जना डेंगु संक्रमित फेला परेको गिरीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

ताजा समाचार