प्रकाश प्युठानी ।
अर्घाखाँची, ७ असोज । निरन्तर काममा खटिरहदा पनि महंगि भत्ता पाउन नसकेको अरु शिक्षकहरुको तुलनामा सेवा सुविधा कम भएको भन्दै अर्घाखाँचीको पाणिनी गाउँपालिकाका बालशिक्षीकाले धर्ना दिदै ज्ञापनपत्र बुझाएका छन्।
संघीय सरकारले १० हजार र स्थानिय सरकारले ७ हजार र २ हजार मंहगी भत्ता गरी १९ हजार तलब दिनुपर्ने माग सहित पाणिनीका बालविकास शिक्षक समिती आन्दोलित भएका हुन । उनीहरुले गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने, उपाध्यक्ष नर्मदा पौडेल, प्रमुख प्रशासकीय अधिृकत हुमलाल भुसाल सहित ८ वटै वडा अध्यक्ष, सामाजिक विकास शाखा, शिक्षकका संघसंगठनलाई ज्ञापन पत्र बुझाएका हुन ।
गाउँपालिकाभित्र रहेका ५८ जना बालशिक्षीकाहरु आज विद्यालय छाडेर गाउँपालिकाको ध्यानाकर्षण गर्न पालिका पुगेका हुन । गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले वालविकास सहयोगि कार्यकर्ताहरुले गरेको कामको उच्व सम्मान गरेको भन्दै उहाँहरुका माग प्रति संवेधनसिल बन्दै माग सम्बोधन गर्ने आश्वासन दिएका छन्।