४ माघ २०८१, शुक्रबार
४ माघ २०८१, शुक्रबार

लायन्स स्टार्स द्धारा दृष्टिबिहीनलाई सहयोग

बुटवल, ९ असोज
सामिाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लव अफ बुटवल स्टार्सको आयोजनामा दृष्टिविहिनहरुलाई सहयोग प्रदान गरेको छ । बुटवलको झलुङ्गे पुल स्थित झलुङ्गे पथ रहेका १२ जना दृष्टिबिहिनलाई शनिवार सहयोग गरेको छ । लायन्स क्लब बुटवल स्टार्सका संस्थापक अध्यक्ष तथा लायन्स इन्टरनेशनल ३२५ पि का सचिव संदिप कसौधनको जन्मोउत्सवको अवसरमा ६० हजार बराबरको सहयोग गरिएको हो । सहयोग सामग्रीमा खाट १० थान ,डसना १० थान, सिरानी १० थान ,सिरक १० थान बिछौना १० थान ,चामल ,दाल मटर ,चना, चिउरा, चाउचाउ ,सोयाबिन लगाएत बिभिन्न सामग्री हस्तारण गरिएको हो ।

लायन्स डिष्ट्रिक ३२५ पि का डिष्ट्रिक गर्भनर नवराज न्यौपानेको प्रमुख आथित्यतामा सामाग्री प्रदान गरिएको थियो । कार्यक्रमा लायन्स इनटरनेशनल ३२५ पि का कोषाध्यक्ष विनोद खरेल,पूर्व अध्यक्ष तथा डिष्ट्रिक एडभाइजर आशिष कृष्ण श्रेष्ठ, क्लब पूर्व अध्यक्ष तथा एरिया ३ चिफ एम।एल पाण्डे, एरिया ४ चिफ माधव खनाल,रिता शर्मा क्लब अध्यक्ष विजय कुमार बर्नवालले दृष्टिबिहीनहरु संयुक्त रूपमा लाई प्रदान गरिएको हो । कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष नवराज न्यौपानेले विगत लामो समय देखि लायन्स स्टार्सले नमुनायोग्य कामगर्दै आएको बताउँदै आगामी दिनमा पनि सामाजिक क्षेत्रमा क्रियाशिल रहने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार