२७ असोज २०८१, आइतवार
२७ असोज २०८१, आइतवार

हिन्दी मंच नेपाल र नागरी लिपि परिषदद्वारा प्रशिक्षण कार्यक्रम

प्रिन्स मिश्रा
हिन्दी मंच नेपाल र नागरी लिपि परिषद भारतको संयुक्त तत्वाधानमा आयोजित प्रशिक्षण संगोस्टी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम शिक्षक जंग बहादुर शाहीले संचालन गरेका थिए ।
कार्यक्रममा बोल्दै हिन्दी मंच नेपालका अध्यक्ष मंगल प्रसाद गुप्ताले विचार राख्दै भने नेपालमा ९५ प्रतिशत मान्छे हिन्दी भाषा बुझछन, बोलछन र हिंदी भाषा सबैलाई राम्ररोसंग आउँछ धेरै जनाले त कविता, लेख समेत लेखी सकेका छन ।
दुतावासका सत्येंद्र दहियाले हिंदी, संस्कृति, भोजपुरी, मैथिली, आदि भाषाको लिखावट लिपिबद्ध भएपछि लेख्नु र पढ़नुमा पनि रुचि बढ़छ, त्यही भएर भाषामा लिपिको धेरै महत्व छ । दहियाले भने नेपाल भारतको रोटी बेटीको सम्बन्ध छ ।
नागरी लिपि परिषद दिल्ली देखी आएका महामंत्री डा.हरि सिंह पालले लिपिको महत्वमा प्रकाश पार्दै भने नागरी लिपि संस्थाले विश्व भरि भाषामा लिपिको महत्वको प्रचार प्रसार गरिरहेको छ ।

कार्यक्रममा शिक्षक जंग बहादुर शाही, पहलाद पाण्डेय,बनारसी गुप्ता, उमेश चंद्र त्यागी (दिल्ली) कार्यक्रम प्रबंधक गोपाल प्यारे चंदेल, बृजेश गुप्ता, ओमप्रकाश,उमेश चंद त्यागी,मुक्ति पोखरेल,रामसरण पाल,गिरी प्रशाद गैरे,उत्तम बहादुर कोरी,सगीर ए खाकसर,नवराज पाण्डेय,प्रेम शंकर शुक्ला,अखिलेश अपेन्द्र,रामकुमार गुप्ता, कृष्णकुमार गुप्ता, करिब १०० जना शिक्षक लगायत कुल ४३५ जनाको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार