१३ फाल्गुन २०८०, आइतवार
१३ फाल्गुन २०८०, आइतवार

पत्रकार धनीराम कोरी माथि कपिलवस्तु प्रहरी द्वारा दुर्व्यवहार गरेको आरोप

कपिलवस्तु ,असोज ९
नेपाल प्रेस चौतारी जिल्ला कार्यसमिति सदस्य , राष्ट्रिय दलित पत्रकार संघ जिल्ला कार्यसमिति सदस्य एवं अवधी पत्रकार संघ कपिलवस्तु कार्यसमिति सदस्य पत्रकार धनीराम कोरी माथि फोटो र भिडियो बनाउने क्रममा प्रहरीले दुर्यब्यवहार गरेको कोरीले बताएका छन् ।

आइतवार दिउसो ४ बजेर २० मिनेटको समयमा महाराजगन्ज नगरपालिका वडा नं. १ बस्ने धनीराम कोरी माथि प्रहरीले श्री बुद्ध पद्य माध्यमिक विद्यालयको खेल मैदानमा म्यादी प्रहरी छनोट भइरहेको स्थानमा पत्रकार कोरीलाई प्रहरीले गाली गलौज तथा दुर्यब्यहार गरेको हो।

प्रहरीले पत्रकार कोरीको मोबाइल खोसेर, दुर्ववहार र अपशब्द प्रयोग समेत गरेको आरोप पत्रकार कोरिको छ ।
यता कपिलवस्तु प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक संग कुरा गर्दा उहांले पत्रकार माथि दुर्व्यवहार भएको जानकारी नआएको साथै फोटो खिच्न तथा भिडियो लिन त्यहाँ रहेको कमाण्डरको अनुमति लिनु पर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार