अमर पन्थ, बुटवल –
गुल्मीको छत्रकोट गाउँपालिकाले निःशुल्क सुगर जाँच सेवा सुरु गरेको छ मधुमेह अर्थात डाइबेटिसलाई सामान्य भाषामा चिनिको रोग भन्ने गरिन्छ । रगतमा ग्लुकोजको मात्रा बढि भएपछि हुने रोग नै सुगर हो ।गाउँपालिकाले श्रृङ्गा पार्थमिक स्वास्थ्य केन्द्र,हर्दिनेटा स्वास्थ्य चौकी ,हुँगा स्वास्थ्य चौकी र खर्ज्याङ स्वास्थ्य चौकीमा संचालीत ल्याबमा छत्रकोट गाउँपालिकाका सबै उमेर समुहका नागरिकहरुलाई सुगर जाचँ निशुल्क गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पाण्डेले बताए ।
आफु गाँउपालिका अध्यक्ष पदको प्रत्यासी हुँदै स्वास्थ्यलाई प्राथामिकतामा राखेर काम गर्ने घोषणा गरेका गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे नेतृत्वको छत्रकोटले एकपछि अर्को जनमुखि निर्णय गर्दै गएको छ ।पछिल्लो समय गाउँमा पनि सुगर का बिरामीहरू प्रत्येक घरमा देखिन थालेका छन् गाउँपालिकाको यो सेवाको संगै धेरै ईस्थानिय अरुले लाभ लिने गाउँपालिकाले अपेक्षा गरेको छ।