माधव बेल्वासे / अर्घाखाँची
वालशिक्षिकाहरुको आन्दोलमा नेपाल रास्ट्रिय शिक्षक संगठन पाणिनी गाँउपालिका कमिटिले ऐक्यवद्धता जनाएको छ । आज एक विज्ञप्ती जारि गदै संगठनले भनेको छ “पाणिनी गाउँपालिकाले २०७९/०८० को बजेटमा अघिल्लो वर्षदेखि खाइपाइ आएको तलबभत्ता कटौती गरेको भन्दै बाल बिकास शिक्षकहरु आन्दोलित बनेका छन् ।
शिक्षकहरुले पहिलो चरणको आन्दोलनको रुपमा स्थानिय सरकारको स्वामित्व अन्तर्गत गत आ. व. ०७८।०७९ देखि उपलब्ध गराई आएको मासिक ७ हजार यथावत राखी मासिक २ हजार महंगी भत्ता समेत गरी १९ हजार उपलब्ध गराउनु पर्ने सहितका माग राखी पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत र सम्पुर्ण वडाअध्यक्षहरुलाइ ७ बुदे ज्ञापन पत्र बुझाइसकेका छन् ।
विद्यालय शिक्षाको विकास, विस्तार, पहुँच र गुणस्तर वृद्धि एवं विद्यालयका समग्र पक्षहरुको विकासमा बालविकास शिक्षकहरु र विद्यालय कर्मचारीहरुको योगदान र भूमिका अतुलनीय छ त्यसैले ,उक्त निर्णयलाई अबिलम्ब सच्याउन आग्रह गर्दछौं । अति कम सेवासुविधामा पनि सामुदायीक विद्यालयको बालबिकास लाई सफल बनाउन अहोरात्र खटिनु हुने बालविकास शिक्षक नेपाल सरकारले तोकेको सेवासुविधा, हकअधिकार र पेशागत सुनिश्चितताका लागि आन्दोलनमा उत्रन बाध्य हुनु दुखद पक्ष हो ।”
संगठनका अध्यक्ष मिन बहादुर थापा र सचिव लक्ष्मण गौतमले सम्युत्त रुपमा जारि गरेको विज्ञप्तिमा भनिएको छ “एउटै विद्यालयमा कार्यरत शिक्षकको तलब भत्ता बृद्धि भएको अवस्थामा बालविकास शिक्षक र विद्यालय कर्मचारीहरुको तलब भत्ता वृद्धि नहुनु कुनैपनि श्रमजिविका लागि मान्य हुन नसक्ने र अत्यन्त न्युन तलब स्केलमा कार्य गर्न बाध्य बालविकास शिक्षक र विद्यालय कर्मचारीका जायज मागहरुलाई अविलम्ब सम्बोधन गरी उच्च मनोबलका साथ काम गर्ने वातावरण सिर्जना गर्नुहुन अनुरोध गर्दै नेपाल रास्ट्रिय शिक्षक संगठन पाणिनि गाउँ कार्य पालिकाको विभेदपुर्ण निर्णयको विरुद्धमा बाल बिकास का कर्मचारी ले गरेको आन्दोलन प्रति पुर्ण समर्थन एवं ऐक्यवद्धता रहेको छ।”
वालशिक्षिकाहरुको आन्दोलमा नेपाल रास्ट्रिय शिक्षक संगठनको ऐक्यवद्धता
तपाईको प्रतिक्रिया