माधव बेल्वासे / अर्घाखाँची ।
असोज १० । वाल विकास सहयोगि कार्यकर्ताहरुले गर्दै आएको आन्दोलनमा नेपाल शिक्षक संघ पाणिनि गाँउपालिकाले समर्थन जनाएको छ । आज एक विज्ञप्ति जारि गदै सँघले पाणिनी गाउँपालिकाका विद्यालयहरुमा कार्यरत बालबिकास शिक्षकहरुको पालिकाबाट प्रदान गर्दै आएको सुबिधा कटौतीको निर्णयप्रति आपत्ति जनाएको उल्लेख गरेको छ ।
पाणिनी गाउँपालिकाले२०७८ ०७९ को बजेटमा अघिल्लो वर्षदेखि दिइदै आएको ७ हजार तलब कटौती गरि ५ हजार बनाएको भन्दै शिक्षकहरु आन्दोलित बनेका छन् । उनिहरुको तलवमा संघिय सरकारले ८ हजारबाट १० हजार पुर्याएपछि गाँउपालिकाले थप गरेको ७ हजारलाई यस आर्थिक वर्षबाट ५ हजार कायम गरि १५ हजार नै दिने निर्णय कार्यपालिकाले गरे सँगै शिक्षिकाहरु आन्दोलित बनेका छन् ।
शिक्षकहरुले पहिलो चरणको आन्दोलनको रुपमा स्थानिय सरकारको स्वामित्व अन्तर्गत गत आ.व.०७८।०७९ देखि उपलब्ध गराई आएको मासिक ७ हजार यथावत राखी मासिक २ हजार महंगी भत्ता समेत गरी १९ हजार उपलब्ध गराउनु पर्ने सहितका माग राखी पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत र सम्पुर्ण वडा अध्यक्षहरुलाई सात बुँदे ज्ञापन पत्र बुझाईसकेका छन् ।
सँघका पाणिनी अध्यक्ष कृष्णप्रसाद घिमिरे र सचिव पुस्करराज पोख्रेलद्वारा हस्ताक्षरित बिज्ञप्तिमा विद्यालय शिक्षाको विकास, विस्तार, पहुँच र गुणस्तर वृद्धि एवं विद्यालयका समग्र पक्षहरुको विकासमा बालविकास शिक्षकहरु, विद्यालय कर्मचारीहरुको योगदान र भूमिका अतुलनीय छ भन्दै शिक्षक संघ पाणिनिले उक्त निर्णयलाई सच्याउन आग्रह गरेको छ । नेपाल रास्ट्रिय शिक्षक संगठनले पनि वालसहयोगि कार्यकर्ताहरुका जायज माग तत्काल पुरा गर्न भन्दै आन्दोलनमा ऐक्यवद्धता जनाईसकेको छ ।
बालबिकास शिक्षकहरुको आन्दोलनमा शिक्षक सँघ पाणिनीको साथ
तपाईको प्रतिक्रिया