३ माघ २०८१, बिहिबार
३ माघ २०८१, बिहिबार

रिब्दीकोट गाउँपालिकाले सुरु गर्यो निःशुल्क डेंगु परीक्षण

पाल्पा ।
पाल्पाको रिब्दीकोट गाउँपालिकाले डेंगुको निःशुल्क परीक्षण थालेको छ ।

डेंगुका संक्रमित दैनिक रुपमा बढेपछि पालिकाभित्रका नागरिकको निःशुल्क परीक्षणको व्यवस्था मिलाइएको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले जानकारी दिए ।निजी क्लिनिकबाट परीक्षण गर्दा महँगो शुल्क तिर्नुपर्ने बाध्यता हटाउन पालिकाले निःशुल्क परीक्षण सुरु गरेको स्वास्थ्य शाखा संयोजक सुनिल अधिकारीले बताए ।

पालिकाको स्वास्थ्य शाखाले डेंगु सम्बन्धी अभिमुखीकरण समेत गरेर खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रबाट निःशुल्क परीक्षण गर्दै आएको जनाएको छ ।
असोजको ४ गतेदेखि सुरु भएको निःशुल्क परीक्षणमा हालसम्म ३८ जनाले सेवा लिएका छन् ।
जसमध्ये हालसम्म ५ जनामा संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भइसकेको छ ।

यस्तै अहिले पनि दैनिक ८÷१० जनाको दरमा परीक्षण गर्ने बिरामी स्वास्थ्य केन्द्रमा पुग्ने गरेका अधिकारीले उल्लेख गरे ।

स्वास्थ्य शाखाले अभिमुखीकरण कार्यक्रम गरी डेंगु रोगको बारेमा जानकारी दिनुका साथै यो रोगको जोखिम तथा यसबाट जोगिने उपायका बारेमा जानकारी समेत दिएको स्वास्थ्य शाखा संयोजक अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार