अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा भरुवा बन्दुक सहित २ जना पक्राउ परेका छन् । हिजो (सोमबार) भरुवा बन्दुक साथमा लिई हिंडेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी ढाकावाङबाट खटिएको प्रहरी टोलीले २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भुमिकास्थान वार्ड नं. १ ओखट्टे बस्ने ४० बर्षिय जितेन्द्र भुसाल र ३७ बर्षिय फर्सुराम खनाल रहेका प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट एक थान अवैध भरुवा बन्दुक बरामद गरीएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको छ ।