११ जेष्ठ २०८२, आइतबार
११ जेष्ठ २०८२, आइतबार

लुम्बिनीमा थन्काइएका विद्युतीय बस,दसैंको अवसरमा परीक्षण सञ्चालन हुने

बुटवल ।
लामो समयदेखि लुम्बिनीमा थन्काइएका विद्युतीय बसको परीक्षण सञ्चालन हुने भएको छ ।

लुम्बिनी विकास कोषले दसैंको अवसरमा असोज १५ गतेदेखि ५ दिन सम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

दसैंको उपलक्ष्यमा चार्जिंङ स्टेसन र गाडीहरूको मेसिनरी परीक्षणस्वरुप अफिसियल यान्त्रिक परीक्षणका लागि विद्युतीय गाडी सञ्चालन गर्ने
निर्णय गरेको कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले जानकारी दिए ।
नियमित सञ्चालन भने प्रदेश यातायात कार्यालयबाट सवारीको नम्बर र रुट तय भएपछि मात्रै हुने बताइएको छ ।

लुम्बिनी विकास कोषको सचिवालय बैठकले विद्युतीय बस सञ्चालनका लागि कोषका बोर्ड सदस्य विश्वराज पौडेलको संयोजकत्वमा जावेद अख्तर र धर्मेन्द्र पाल सदस्य रहेको संयोजन समिति गठन गरेको छ ।

विद्युतीय सवारी सञ्चालनमा जिल्ला प्रशासन कार्यलय रुपन्देहीको सहयोग लिने निर्णय गरेको छ ।
कोषले यसअघि लुम्बिनीमा रहेका विद्युतीय गाडी सञ्चालनका लागि कोषाध्यक्ष भट्टराईको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

लुम्बिनी विकास कोषले प्रदेश पर्यटन र यातायात कार्यलयमा नम्बर प्लेट परिवर्तनमा निवेदन पेश गरेको थियो ।
मंगलबार प्रदेश पर्यटन मन्त्रालयले हरियो प्लेटका लागि सहमति प्रदान गरेको छ । यातायात कार्यालयबाट नामसारी भएपछि आवश्यक रुट अनुमति लिएर विद्युतीय बस तथा भ्यान नियमित सञ्चालन हुने भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार