१४ जेष्ठ २०८१, सोमवार
१४ जेष्ठ २०८१, सोमवार

चाडपर्वमा सवारी दुर्घटना न्यूनीकरण गर्न कपिलवस्तुमा टाइम कार्ड लागु

कपिलबस्तु ।
चाडपर्वमा सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीले कपिलवस्तुमा टाइम कार्ड लागु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले लामो दूरी र राजमार्गमा चल्ने सवारी साधनमा टाइम कार्ड लागु गरेको हो ।

चाडपर्वको समयमा सवारीको चाप बढ्दै गर्दा सवारी दुर्घटना हुने जोखिम समेत बढ्दै गएकाले टाइम कार्ड लागु गरिएको
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । दुर्घटना न्यूनीकरणका लागि उपाय खोजिएको तिमिल्सिनाको भनाई छ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र,जिल्ला प्रहरी प्रमुख प्रेम बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक सूर्यबहादुर सेन,राष्ट्रिय अनुसन्धान कपिलवस्तु प्रमुख योगेन्द्र केसीसहितको टोलीले राजमार्ग क्षेत्रको अनुगमन गरी दुर्घटना न्यून गर्न टाइम कार्ड लागु गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

जिल्लामा गत शनिवार मात्रै विभिन्न ३ स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाले ज्यान गुमाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार