२९ असोज २०८१, मङ्लबार
२९ असोज २०८१, मङ्लबार

भोलीदेखि लुम्बिनीमा विद्युतीय गाडी सञ्चालनमा आउने

बुटवल ।
लुम्बिनीमा बिहीबारदेखि विद्युतीय गाडी सञ्चालनमा आउने भएका छन् ।
गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा लुम्बिनीमा थन्किएका विद्युतीय बस बिहीबारदेखि सञ्चालनमा आउने भएका हुन् ।

गृहमन्त्रीको निर्देशन लगत्तै बुधबार भैरहवामा बसेको लुम्बिनी बिकास कोष, स्थानीय पालिका, यातायात कार्यालय, उद्योगी तथा पर्यटन व्यवसायसँग सम्बन्धित सघं–सस्थाको बैठकले विद्युतीय बस सञ्चालन गर्ने निर्णय गरेको हो । तत्काललाई ५ वटा बस सञ्चालनमा ल्याउने निर्णय भएको छ ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले गृहमन्त्रीको पहलमा विभिन्न रुटमा ५ वटा बस सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए ।

उनले विद्युतीय बसका लागि आवश्यक चालक नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उपलब्ध गराउने निर्णय भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार