बुटवल ।
बुटवलमा बुटवल उपमहानगरपालिकाले चाडपर्व विषेश सरसफाई अभियान जारी राखिएको छ ।
सरसफाई अभियान अन्तरगत गोलपार्कदेखि अस्पताल लाइनसम्मको सडकमा विहीबार सरसफाई गरेको छ ।
सरसफाई अभियानअन्तर्गत बसपार्क क्षेत्र,राजमार्ग,लुम्बिनी प्रादेशिक अस्पताल क्षेत्र,आम्दा अस्पताल क्षेत्र र सबै वडा कार्यालयहरूले वडा क्षेत्रभित्र सरसफाई गर्ने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।सरसफाइसँगै डेंगु नियन्त्रण अभियान र सचेतना अभियान सञ्चालन हुने उनले बताए ।
अभियानअन्तर्गत शुक्रबार अस्पताल लाइन र राजमार्ग चौराहादेखि योगीकुटीसम्मको सडक क्षेत्र सरसफाई गर्ने कार्यक्रम रहेको
उपप्रमुख तथा नगरस्तरीय सरसफाई अनुगमन समिति संयोजक सावित्रादेवी अर्यालले जानकारी दिइन् ।