अर्घाखाँची ।
पाणिनी गाँउपालिका वडा न. ७ साविक वडा न. ५ निवासि निवासि पदम बहादुर टण्डनको परिवारलाई आर्थिक सहयोग हस्तारण गरिएको छ । पदम बहादुर टण्डनको परिवारको आर्थिक अवस्था निकै कमजोर भएको , कुनै आर्थिक स्रोत नभएको र छोराछोरि पनि नभएका कारण समस्यामा पर्नुभएको बताईएको छ । टण्डनकि श्रीमति बिरामि पनि भएकाले औषधि उपचारका लागि समेत समस्या परेको परिवारलाई थोरै भएपनि आर्थिक सहायता गरिएको हो ।
पित्तथैलिमा पथ्थरि, जन्डिस,दम लगायत रोगबाट पिडित शिवकला टण्डनको घरमै पुगेर पाणिनी ७ का वडा सदस्य प्रेम बहादुर थापाले नगद १० हजार हस्तान्तरण गर्नुभएको हो । विभिन्न ब्यात्तिहरु तथा जनप्रतिनिधिहरुबाट रकम संकलन गरिएको सदस्य थापाले बताउनुभएको छ ।