११ जेष्ठ २०८२, आइतबार
११ जेष्ठ २०८२, आइतबार

कपिलवस्तुमा यात्रुलाई सहताकालागि,यात्रु सहायता कक्ष संचालन

कपिलवस्तु ।
जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुले दशैँ तिहारमा यात्रुलाई सहताकालागि यात्रु सहायता कक्ष संचालनमा ल्याएको छ ।

चाडपर्वका बेला यात्रुलाई हैरानी हुनसक्ने भन्दै अर्घाखाची चोक गोरुसिंगे,चन्द्रौटा, कृष्णनगर लगायतका स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला
ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख योगेन्द्र तिमिल्सिनाले बताए ।
उनले कुनै पनि यात्रुले समस्या भोग्नुपरेमा सहायता कक्षमा सम्पर्क राख्नसक्ने बताए ।

चाडपर्वका बेला सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राख्ने,बढी भाडा लिनेलगायत काम हुने भएकाले त्यसको न्यूनीकरण गर्नका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।

दसैँ नजिकिँदै गर्दा भारतबाट रोजागरी गरेर फर्कनेको सङ्ख्या बढेको छ ।
भारतबाट आउने नागरिकमाथि लुटपाट जस्ता घटना हुने भएकाले पनि सहायता कक्ष सञ्चालनमा ल्याएको उनको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार