अर्घाखाँची ।
कार्तिक ६गते रातको समयमा जिल्ला अर्घाखाँची छत्रदेव गाउँपालिकामा वडा नं.६ जहरे खोलामा अबैध रुपमा नदीजन्य पदार्थहरु चोरी निकासी भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी अर्घातोषबाट प्रहरी नायब निरीक्षक मान बहादुर ज्ञवालीको कमान्डमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा एउटा ट्याक्टरले अवैध रुपमा नदीजन्य पदार्थ (बालुवा)चोरी निकासी गर्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी छत्रदेव गाउँपालिकाको कार्यालय पठाई रु.१० हजार जरिवाना भएको जिल्ला प्रहरि कार्यालय अर्घाखाँचीले जनाएको छ ।
अर्घाखाँचीमा अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने ट्याक्टर पक्राउ

तपाईको प्रतिक्रिया