छत्रदेव प्रीमियर लिग क्रीकेट प्रतियोगिताको उपाधी ठुलापोखरा वारियर्सलाइ

सागर मरासिनी/ छत्रदेव ।
अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा छत्रदेव क्रीकेट बिकास समितीको आयोजनामा यहि कार्तिक ६ गते देखि संचालन भएको छत्रदेव प्रीमियर लिग क्रीकेट प्रतियोगिताको उपाधी ठुलापोखरा वारियर्सले हात पारेको छ ।
यश अघि भएका पहिलो र दोस्रो संस्करणको उपाधी पनि ठुलापोखराले नै जितेको थियो भने यो तेस्रो संस्करण को खेल हो ।
टस जितेर रोयल चिदिकाले पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिला ब्याटिङ गर्दै ठुलापोखरा वारियर्स ले ६ विकेट गुमाएर १४० रन हानेको थियो। १४१ रनको लक्ष्य पछ्याएको रोयल चिदिकाले आफ्ना सम्पुर्ण विकेट गुमाएर जम्मा १०३ रन बनाएको थियो ।

१५ ओभरको फाइनल खेल ठुलापोखरा वारियर्स र रोयल चिदिका बिच भएको थियो ।
ठुलापोखरा वारियर्स , अर्घातोष इभोलुसन,रोयल चिदिका र कालिका वारियर्स समावेश भएको खेल छत्रदेव रंगशाला रातामाटामा संचालन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार