२९ असोज २०८१, मङ्लबार
२९ असोज २०८१, मङ्लबार

लामो समयदेखि बन्द रहेका पाणिनीका एम्बुलेन्स संचालन

शिवराज बेल्वासे / अर्घाखाँची ।
लामो समयदेखि बन्द रहेका पाणिनी गाउपालिकाका एम्बुलेन्स संचालनमा आएका छन् । विभिन्न कारण संचान बिहिन अवस्थाका एम्बुलेन्स नयाँ भाडादर कायम गरि संचालनमा आएको पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले जानकारी दिनुभएको छ । भुसालका अनुसार गाउँपालिकाको असोज १२ गतेको निर्णय अनुसार नयाँ भडादर सहित संचालनमा ल्याइएको हो ।

कहाँ जाँदा कति तिर्नु पर्छ त ?
गाउँपालिका भित्रका सुत्केरी हुन जाने र फर्कने महिलाहरुका लागि निशुल्क सेवा दिने निर्णय सहित गाउँपालिकाले स्थानीय भाडा स्थान अनुसार न्युनतम ५सय देखि १५सय रुपैयाँ सम्म निर्धारण गरेको छ ।
यस्तै पाणिनी गाउँपालिका वडा नं. ५,६,७ र ८ देखि संन्धिखर्क सम्म २ हजार रुपैयाँ, पाणिनी गाउँपालिका वडा नं. १, २, ३, ४ र ५ को भर्तपुर देखी संन्धिखर्क सम्म तीन हजार, पाणिनी गाउँपालिका देखि पाल्पा सम्म ४ हजार ५ सय, पाणिनी गाउँपालिका देखि पाल्पा हुदै बुटवलसम्म ६ हजार ५ सय र पाणिनी गाउँपालिका देखि बुटवल सम्म ५ हजार ५ सय तोकेको छ ।
साथै अन्य स्थानहरुको हकमा कच्ची बाटो प्रति किलोमिटर ८० र पक्कि बाटो प्रति किलोमिटर ४० रुपैया तोकेको पालिकाले जनाएको छ ।
पालिकाका २ वटा एम्बुलेन्स गत बैशाखको स्थानिय तहको निर्वाचन भन्दा करिव १ महिना अघिदेखि बन्द रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार