२० असोज २०८१, आइतवार
२० असोज २०८१, आइतवार

म्याद सकिएका खाद्य साम्रागी जफत गर्दै मालारानी गाउँपालिका

अर्घाखाँची ।
चाड पर्ब नजिकिए संगै मुल्य बृद्धिले आकाश छोएको छ । दैनिक उपभोग्य साम्रागीहरु दाल , तेल , चिनिमा मुल्य बृद्धि भई प्रति केजी २० देखी ३० रुपैया बढेको छ । खाद्य साम्रागीहरु पनि गुणस्तर हिन र म्याद सकिएका सामाग्रीहरु बिक्रि र बितरण गरिएको पाईएको छ । म्याद सकिएका खाद्य बस्तु बिक्रि बितरण नगर्न पालिकाबासीलाई पालिका अध्यक्ष दलबहादुर भट्टराईले व्यबसायीलाई आग्रह गर्दै खरिद गर्दा म्याद सकिए नसिकिएको बारे एकिन गर्न समेत उपभोक्तालाई आग्रह गर्नु भएको छ ।

उपभोक्ताको हितलाई मध्यनजर गर्दै बजार अनुगमनलाई निरन्तरता दिने पालिका स्तरीय उपभोक्ता हित संरक्षण समितीका संयोजक तथा पालिका उपाध्यक्ष दिपा पोख्रेलले बताउनु भयो ।

मालारानी गाउँपालिकाको वडा नं ४ मा गरिएको बजार अनुगमनमा ६० हजार बराबरको म्याद सकिएका साम्रागी र ईजाजतपत्र नलिई पसल मदिर र सुर्तिजन्य पदार्थ जफत गरिएको मालारानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेश भुसालले जानकारी दिनु भयो । ‘ बजार अनुगमनका क्रम्ममा चाडपर्बको समयमा प्रयोग हुने मैदा , आटा , मिठाईहरुमा म्याद सकिएको पाएका छौ । भने केही व्यबसायीहरुले ईजाजतनै नलिई मदिरा बिक्रि बितरण गरेको पाईएको छ । हामिले सचेत गराउँदै म्याद सकिएका साम्रागी जफत गरि नष्ट गरेका छौ । अनुगमन अभियान निरन्तर चलिरहन्छ । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार