३१ असार २०८१, सोमवार
३१ असार २०८१, सोमवार

खेलकुद महासंघमा श्रेष्ठ

शोभाखर पन्थी
अर्घाखाँची / असौज १३

नयाँ नेतृत्वको चयन गर्दै नेपाल खेलकुद महासंघ सन्धिखर्कको प्रथम नगर अधिबेशन सम्पन्न भएको छ ।
अधिवेशनले अरुण श्रेष्ठको अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटीको चयन गरेको छ ।नवगठित कमिटीको उपाध्यक्षमा आशिष राना,अनुज पाण्डे ,सचिव असल खड्का ,सहसचिव विजय भट्टराई ,प्रकाश श्रेष्ठ र कोषाध्यक्षमा शिषपाल आचार्य रहनुभएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले सामाजिक बिकृति र बिसंगतिका बिरुद्ध संघर्ष गर्न युवाहरूलाई आग्रह गर्नुभयो । मुलुका हरेक परिवर्तनमा युवाहरूले महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै उहाँले युवाहरूलाई रोजगारीको ग्यारेन्टी गरिनु पर्ने बताउनुभयो ।
नेपाल खेलकुद महासंघका जिल्ला अध्यक्ष हेनरी बस्नेतको अध्यक्षता र सहसचिव अमृत थापाको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य विष्णु परियार ,जिल्ला सहसचिव प्रकाश महत लगायतका वक्ताहरुले मन्तव्य राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार