२९ पुस २०८१, सोमवार
२९ पुस २०८१, सोमवार

अर्घाखाँचीको किमडाँडामा सवारी दुर्घटना , १ जना सामान्य घाइते

सागर मरासिनी , अर्घाखाँची ।
सन्धिखर्क नगरपालिका ०८ किमडाँडामा सवारी दुर्घटना हुँदा १ जना सामान्य घाइते भएका छन ।
सन्धिखर्क बाट पकले तर्फ आउदै गरेको लु २२ प ८५१७ नम्बर को मोटरसाइकल र छेडा बाट सन्धिखर्क जाँदै गरेको लु १ ज ३३८१ नम्बरको ट्याक्सी किमडाँडामा एक आपसमा ठक्कर खादा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक सुभाष कुँवर सामान्य घाइते भएका छन । दुर्घटना स्थलमा जिल्ला ट्राफिक कार्यालय अर्घाखाँचीका ट्राफिक रण बहादुर सेन र दिपक भुसालको उपस्थितीमा अन्य सवारी चालकलाई दुर्घटना न्यूनीकरणको बारेमा समेत सामान्य जानकारी दिनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार