४ असार २०८१, मङ्लबार
४ असार २०८१, मङ्लबार

पोखरीमा डुबेर अर्घाखाँचीमा २७ बादर मरे

अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका –९ अर्घामा रहेको पोखरीमा डुबेर २७ बादरको मृत्यु भएको छ ।

अर्घामा रहेको सिँचाई पोखरीमा डुबेर २७ वटा बाँदर डुबेर मरेको अवस्थामा भेटिएको स्थानियले बताएका छन् ।

पहिला एउटा बाँदर पानी खान जाँदा पोखरीमा परेको र पछि ती बाँदर पोखरीमा पसेपछि डुबेर मरेको हुनसक्ने अनुमान गरिएको छ ।

पोखरी जंगलको बीचमा रहेको कारण उद्धार हुन नसकेको स्थानीयले बताएका छन् ।

जिल्ला वन कार्यालय अर्घाखाँचीका कर्मचारी दिपक पाण्डेको नेतृत्वमा गएको
टोलीले निरीक्षण गरीे मरेका सबै बाँदरलाई प्रहरी, जनप्रतिनिधि,स्थानीय बासिन्दाको रोहबरमा गाडिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार